टोटेनहमसँगको सम्झौताका लागि रियल मड्रिडका फरवार्ड ग्यारेथ बेल लण्डन आईपुगेका छन् ।
वेल्सका फरवार्ड बेल शुक्रबार प्राइभेट फलाइटबाट लण्डन आईपुगेका हुन् । लण्डन आईपुगेका बेलले मेडिकलपछि टोटेनहमसँग सम्झौता गर्ने बताईएको छ ।
बेललाई टोटेनहमले एक सिजनका लागि लोनले अनुबन्ध गर्ने बताईएको छ । रियल र टोटेनहमबीच सहमति समेत बनेको बताईएको छ ।
३१ वर्षीय बेलले सन् २०१३ मा विश्व कीर्तिमानी मूल्यमा टोटेनहमबाटै रियल आएका थिए ।
उनले रियलबाट एक सय भन्दा बढी गोल गर्नुका साथै चार च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।
तर, चोट र प्रशिक्षक जिनेदिन जिदानसँग चिसिएको सम्बन्धको कारण बेलले रियलमा कम मौका पाउदै आइरहेका छन् ।
बेलसँगै रियलका डिफेन्डर सर्जियो रेगुइलोन पनि लण्डन आईपुगेका छन् ।
सर्जियोले टोटेनहमसँग पाँच वर्षको सम्झौता गर्ने बताईएको छ ।