अन्ततः मिट्रोभिच पनि अल हिलामा, नेयमारसंग अगाडि खेल्ने

इङलिस क्लब फुल्ह्यामका सर्बियन स्ट्राइकर एलेक्सज्यान्डर मिट्रोभिच साउदी क्लब अल हिलालमा अनुबन्ध भएका छन् ।

सिजन सुरु हुनु अगाडि नै अल हिलालले उनी भित्र्याउन निकै प्रयास गरेपनि फुल्ह्यामले भने प्रस्ताव अस्विकार गर्दै आएको थियो । उनले आफुलाई साउदी क्लबमा नबेचे फुल्ह्यामबाट नखेल्ने भनेको थियो ।

मिट्रोभिचलाई अल हिलालले ५० मिलियन युरोमा अनुबन्ध गरेको हो ।

२८ वर्षिय खेलाडी सन २०१८ मा न्युकास्टल युनाइटेडबाट फुल्ह्याम आएका थिए ।

उनले अल हिलालसंग २०२६ सम्मको सम्झौता गरेका छन् ।