इङलिस क्लब टोटेन्ह्यामले मंगलबार मार्सेलीलाई २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।
फ्रेन्च लिग वान क्लब मार्सेलीविरुद्ध अंक बाँडेमा मात्र पनि त्यो टोटन्ह्यामलाई नकआउट चरणमा प्रवेश गर्नका लागि पर्याप्त हुने थियो ।
६ खेलमा ११ अंक जोेडेको टोटन्ह्याम समूह डी को विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गर्दा फ्रयांकफर्ट १० अंकसहित समूह उपविजेताको रुपमा नकआउट चरणमा प्रवेश गर्यो । तेस्रो स्थानको स्पोर्टिङ लिस्बनको सात अंक रह्यो भने चौथो स्थानको मार्सेलीको ६ अंक रह्यो ।
पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा एमबेम्बाको गोलमा मार्सेलीले अग्रता लिएको थियो । ५४ औं मिनेटमा लेङलेटले टोटन्ह्यामलाई खेलमा फर्काएका थिए । इन्जुरी समयको पाँचौ मिनेटमा होजबर्गले टोटनहमलाई समूह विजेताको रुपमा अघिल्लो चरणको टिकट काट्न पर्याप्त भयो ।
टोटन्ह्यामले सन् २०१९–२० पछि च्याम्पियन्स लिगको समूह चरण पार गरेको यो पहिलो पटक हो ।