अन्ततः गोलकिपर नाभासले छोडे रियल मड्रिड

रियल मड्रिडका गोलकिपर केइलर नाभास फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित भएका छन् ।

पीएसजीले सोमबार नाभाससँग अनुबन्ध सम्झौता गरेको छ । पीएसजीले नाभाससँग ४ वर्षको सम्झौता गरेको छ ।
कोस्टारिकाका गोलकिपर नाभासले रियलमा ६ सिजन बिताएका छन् ।

लेभान्टेबाट रियल आएका नाभासले रियलबाट १०४ खेल खेलेका थिए ।

३२ वर्षे नाभासले रियलबाट ३ च्याम्पियन्स लिग, ४ क्लब विश्वकप, ३ स्पेनिस सुपर कप र ३ युईएफए सुपर कपको उपाधि जितेका थिए ।