अन्ततः केपाले मागे सार्री सँग माफी

चेल्सीका गोलकिपर केपा अरिजाबालागाले अन्ततः तत्कालीन प्रबन्धक मौरिजियो सार्री सँग माफी मागेका छन्। २०१९मा म्यान सिटी विरुद्ध लिग कपको फाइनलमा त्यो समयका चेल्सी कोच र गोलकिपर केपा बिच निकै अनौठो घटना भएको थियो।

खेल अतिरिक्त समयमा पुगे पछि पेनाल्टीमा जाने देख्दा कोच सार्रीले केपालाई सब्सीट्यूट गर्ने निर्णय लिएका थिए र उनको ठाउँमा विली काबालेरोलाई राख्ने सार्रीको प्रयास थियो तर केपाले उनको निर्देशनको पालना गरेनन् र उनले मैदान छोड्न इन्कार गरे पछि सार्री आफ्नो निर्णय फिर्ता लिन बाध्य भए।

उक्त समय सार्री केपा सँग खुसी थिएनन् भने सार्रीले टच लाइन छोड्ने प्रयास पनि गरे र उक्त घटना पछि क्लबमा दुवैको चेल्सी क्यारियरमा केही असर परेको थियो। हाल सो घटनाको २ वर्ष पछि केपाले माफी मागेका छन्। प्लेयरस ट्रिब्यून सँग कुरा गर्दै उनले त्यो घटनाको बारे बोलेका छन्।

खेल अतिरिक्त समयमा पुगे पछि केपा थकित हुन सक्ने सोचको कारण सार्रीले उनलाई सब्सीट्यूट गर्न प्रयास गरेका थिए।

“मैले आफू ठिक रहेको भनेर सङ्केत गर्ने कोसिस गरेँ, म घाइते भएको थिएन । तर हामी ८०,००० भन्दा बढी दर्शकहरूको अगाडि वेम्बलीमा थियौँ, त्यसैले सार्रीले मलाई बुझ्न सकेनन्,” केपाले बताए।

“जब फोर्ट अफिसियलले आफ्नो सब्सीट्यूट बोर्ड देखाए, मैले स्पष्ट रूपमा मैदान छोड्नु पर्ने थियो, र मलाई माफ गर्नुहोस्, मैले त्यो गरेन।

“म गलत थिएँ, र त्यसमा संलग्न सबैका लागि म दु: खी छु – सार्वजनिक रुपमा मैले सार्रीको र विली (क्याबालेरो) जो एक टिम-मेट हुन् र एक महान् पेशेवर हुन् उनीहरूको सम्मान नगरेको जस्तो देखिन्थ्यो।; र मेरो सबै टिम मेट र चेल्सी प्रशंसकहरू यस्तो घटना देख्न परेकोमा म माफी माग्न चाहन्छु – यो घटनाको कारण खेलको क्रममा धेरै हल्ला उत्पन्न भयो र त्यसपछिका दिनहरूमा पनि भयो।

“यो असाधारण थियो। र स्पष्टता, धेरै जसोको सोचमा मैले सार्रीलाई अनादर गरेको चित्र थियो।

“मैले हामी बिच गलतफहमी भएको महसुस गरेँ, किनकि कोचको निर्देशन नमान्ने मेरो मनसाय कहिल्यै आएको थिएन। मैले उनलाई बताउने प्रयास मात्र गरेँ र मैले यो कुरा प्रेसलाई बुझाउने प्रयास गरेको थिए, तर असफल भए।”