नेपाली राष्ट्रिय फुटबल टिमले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा जित हासिल गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले पाकिस्तानलाई १-० ले हराएको हो ।
पहिलो हाफ गोल रहित बराबरी रहेको खेलमा दोस्रो हाफको ८२ औ मिनेटमा अन्जन बिष्टले सुनिल बालको क्रसमा गोल गर्दै नेपाललाई जित दिलाएका हुन ।
उनको यो दुई खेलमा चौथो गोल हो । यस अघि बाङ्लादेशबिरुद्धको जितमा उनले ह्याटि्रक गरेका थिए ।
बिष्टले नेपालका लागि आफ्नो गोल संख्या ११ पुर्याएका छन् ।
पराजित टोलि पाकिस्तानको यो लामो प्रतिबन्ध पछि पहिलो खेल हो ।