अनिल गुरुङ रुस्लान थ्रीस्टार क्लबमा अनुबन्धित

चर्चित फुटबल स्ट्राईकर अनिल गुरुङ रुस्लान थ्रीस्टार क्लबमा अनुबन्धित हुने भएका छन् । पछिल्लो समय लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबमा आबद्ध हुदै आएका गुरुङले नयाँ गन्तव्यको रुममा ललितपुरे क्लब थ्रीस्टार रोजेका हुन् ।

अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका उनले क्लब फुटबलमा आबद्ध हुने बताउदै आएका थिए । थ्रीस्टारले नयाँ सिजनको लिग फुटबलकालागि गुरुङलाई क्लबमा भित्राएको हो । क्लब स्रोतका अनुसार गुरुङसंगको सम्झौता यस सिजनको लिग अवधिभर छ ।

दुवै पक्षले अनुबन्धन रकमको बिषयमा खुलाउन चाहेनन् । अनिलले थ्रीस्टारको टिममा सहभागि भएर अभ्यास समेत सुरु गरिसकेका छन् ।

पोखराको साहारा क्लबबाट फुटबल करियर सुरु गरेका उनले ब्रिगेट ब्वाईज, थ्रीस्टार, मनाङ मस्र्याङ्दी, न्युरोड टिम एनआरटीबाट खेलिसकेका छन् । उनले भारतको शीर्ष डिभिजनको क्लब सिलोङ लाजोङबाट समेत ब्यवसायीक फुटबल खेलेका थिए ।