अनन्त, बिक्रम र मिक्चेनले थ्री स्टार क्लबबाटै खेल्ने

राष्ट्रिय टिमका तिन खेलाडी बिक्रम लामा, अनन्त तामाङ र मिक्चेन तामाङले ललितपुरे क्लब रुस्लान थ्री स्टार क्लबबाटै खेल्ने भएका छन् ।

सागमा नेपाललाई स्वर्ण पदक दिलाउन सफल यी तिन खेलाडीहरुले नयाँ सिजनमा थ्री स्टार क्लबको डिफेन्स सम्हाल्ने छ ।

गत सिजन पनि बिक्रम लामा र मिक्चेन तामाङले थ्री स्टारबाटै लिग खेल खेलेका थिए भने अनन्तले लिग खेल्न पाएका थिएनन् । तर मोफसलमा भने अनन्तले थ्री स्टारबाटै खेलेका थिए ।

नयाँ सिजनका लागि थ्री स्टारले ३ अफ्रिकन खेलाडी भित्र्याइ सकेको छ ।

थ्री स्टारको पहिलो लिग खेल बुधबार जावलाखेल युथ क्लबबिरुद्ध एन्फा कम्प्लेक्समा १२:३० बजे हुनेछ ।