अनन्त तामाङको गोलमा थ्री स्टार क्लबको जित

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सनिबार भएको खेलमा थ्री स्टार क्लबले एपीएफ क्लबमाथी १-० को जित निकालेको छ ।

खेलमा अनन्त तामाङले पहिलो हाफमा मिक्चेन तामाङको फ्री किकमा गोल गर्दै थ्री स्टार क्लबलाई अग्रता दिलाएको हो ।

दोस्रो हाफमा कुनै गोल हुन नसके पछि थ्री स्टार क्लबले १-० को जित दर्ता गरेको हो ।

जितसंगै थ्री स्टार क्लब दोस्रो स्थानमा उक्लेको छ भने एपीएफ १ अंक जोड्दै जित बिहिन रहको छ ।