औडि कपमा बार्यन म्युनिखको फराकिलो जित, मुलरको ह्याट्रिक

जर्मनीमा जारी औडि कपमा बार्यन म्युनिखले फराकिलो जित निकालेको छ। प्रि–सिजनअन्तर्गत मंगलबार राति भएको खेलमा बार्यनले फेनरबेचीलाई ६-१ ले हरायो।

बार्यनको जितमा थोमसले एक पेनाल्टी गोल सहित ह्याट्रिक गरे। खेलको २२ औं मिनेटमा बार्यनका लागि सान्चेजले पहिलो गोल गरेका १-० को खाता खोलेको थिए। २८ औं मिनेटमा लियोन गोरेट्जाले गोल गर्दै बार्यनलाई २-० को अग्रता दिलाए। त्यसपछि ३१औं मिनेटमा थोमस मुलरले गोल गरे भने ४० औं मिनेटमा किङ्स्ली कोमनले गोल गर्दै बार्यनलाई ४-० मा पुराए।

फेरि ४४औं मिनेटमा बार्यनले पेनाल्टी पायो र मुलरले पेनाल्टी प्रहार गर्दै व्यक्तिगत दोस्रो गोल गर्दा खेलको ५८ औं मिनेटमा मुलरले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे।

फेनरबेचीका लागि ६४ औं मिनेटमा म्याक्स क्रुसले सान्त्वना गोल गरे पनि खेल बार्यन म्युनिखले ६-१ ले खेल जिते।

सेमिफाइनल जित संगै अब बार्यन म्युनिखले फाइनलमा टोटनह्यामसँग खेल्ने छ।