अट्लेटिको मड्रिडद्वारा लिभरपुलको प्रस्ताव अस्विकार

एजेन्सी, स्पेनीश क्लब अट्लेटिको मड्रिडले आफ्नो स्पेनिश मिड्फिल्डर सौल निगेजका लागि लिभरपुलले गरेको प्रस्तावलाई अस्विकार गरेको छ। रिपोर्टका अनुसार अट्लेटिको मड्रिडले निगेजका लागि लिभरपुलले गरेको ४० मिलियन युरोको प्रस्तावलाई अस्विकार गरेको हो।

अट्लेटिको मड्रिडले निगेजको मुल्य करिब ५० मिलियन युरो तोकेको भनिएको छ। यसका साथसाथै अर्का स्पेनिश क्लब बार्सिलोना पनि निगेज भित्र्याउन इच्छुक भनिएका छन्। रिपोर्टका अनुसार अट्लेटिको मड्रिड र बार्सिलोना बिच सौल पठाइ बार्सिलोनाका फर्वार्ड एन्टुवान ग्रिज्म्यानलाई पुनः अट्लेटिको मड्रिड फर्काउने बारे कुरा हुदैछ।
२६ वर्षका स्पेनिश मिड्फिल्डर सौल निगेजले अट्लेटिको मड्रिडका लागि ३३७ खेल खेली सकेका छन्। उनले आफ्नो राष्ट्रिय टोलिका लागि पनि १९ खेल खेल्नुका साथै ३ गोल गर्न सफल पनि भएका छन्।