अट्लेटिको मड्रिडको नजर लिङ्गार्ड माथी

एजेन्सी, स्पेनिश क्लब अट्लेटिको मड्रिडको नजर इङलिस क्लब म्यान्चेस्टर युनाइटेडका इङलिस खेलाडी जेस्सी लिङ्गार्ड माथी परेको छ। रिपोर्टका अनुसार अट्लेटिको मड्रिडका प्रशिक्षक डियेगो सिमियोनी लिङ्गार्डका लागि प्रस्ताव गर्ने बारे सोच्दै छन्।

लिङ्गार्डले युनाइटेडमा पर्याप्त खेल समय नपाएकाले उनले गत सिजनको मध्यमा नै वेस्ट ह्याममा लोनमा जानू परेको थियो। वेस्ट ह्याममा भने उनले उत्कृष्ट प्रदर्शन गरेका थिए। यसै कारणले धेरै क्लबहरुको नजर उनी माथी पर्न गएको देखिन्छ। रिपोर्टका अनुसार युनाइटेडले लिङ्गार्डको मूल्य करिब ३० मिलियन पाउन्ड निर्धारण गरेका छन्। अट्लेटिको मड्रिडका साथसाथै वेस्ट ह्याम पनि उनलाई भित्र्याउन इच्छुक भनिएका छन्।
२८ वर्षका इङ्लिस खेलाडी लिङ्गार्ड म्यान्चेस्टर युनाइटेडका एकेडेमीकै उत्पादन हुन्। उनले युनाइटेडका लागि २१० खेलमा ३३ गोल गरेका छन्। वेस्ट ह्याममा लागि भने उनले १६ खेलमा ९ गोल गरेका थिए।