अट्लेटिको मड्रिडको डिफेन्डर माथी रियल मड्रिडको नजर

एजेन्सी, स्पेनिश क्लब अट्लेटिको मड्रिडको डिफेन्डर होसे मारिया हिमिनेस माथी रियल मड्रिडको नजर रहेको छ। रिपोर्टका अनुसार रियलले हिमिनेसलाई सर्जियो रामोसलाई प्रतिस्थापन गर्नका निम्ति भित्र्याउन चाहन्छन्।

रियल मड्रिडका स्टार डिफेन्डर सर्जियो रामोसले क्लब छाड्ने घोषणा गरेका छन् भने रियल मड्रिडका अर्का डिफेन्डर राफायल भरानले पनि यो ट्रान्सफर सिजन क्लब छाड्न सक्ने सम्भावना प्रबल देखिन्छ। यसै कारणले क्लब हाल डिफेन्डरको खोजीमा रहेको देखिन्छ। रियलले हालै बायन म्युनिखबाट अस्ट्रियन डिफेन्डर डेविड आलाबा भित्र्याएका छन्।
२६ वर्षका युरुग्वेयन डिफेन्डर हिमिनेस २०१३ मा अट्लेटिको मड्रिडमा अनुबन्ध भएका थिए। उनले अट्लेटिको मड्रिडका लागि २१६ खेल खेल्नुका साथै ९ गोल पनि गर्न सफल भएका छन्। उनले आफ्नो राष्ट्रिय टोलिका लागि पनि ६४ खेल खेल्नुका साथै ८ गोल पनि गरेका छन्।