अट्लेटिको मड्रिडका खेलाडी युनाइटेडमा अनुबन्ध हुन इच्छुक

एजेन्सी, स्पेनिश क्लब अट्लेटिको मड्रिडका इङलिस फुल ब्याक केइरन ट्रिपियर इङलिस क्लब म्यान्चेस्टर युनाइटेडमा अनुबन्ध हुन इच्छुक रहेका छन्। रिपोर्टका अनुसार अट्लेटिको मड्रिडले उनको मूल्य करिब ३४ मिलियन पाउन्ड तोकेका छन्।

ट्रिपियर युनाइटेडमा अनुबन्ध हुन इच्छुक रहेकाले उनले अट्लेटिको मड्रिडलाई क्लबले उनका लागी तोकेको मूल्य घटाउन अनुरोध गरिरहेको पनि भनिएको छ। ट्रिपियरको परिवार पनि म्यान्चेस्टर तिरै बस्ने भएकाले पनि उनी युनाइटेडमा अनुबन्ध हुन इच्छुक रहेको आंकलन गरिएको छ। रिपोर्टका अनुसार युनाइटेडमा अनुबन्ध हुनका लागि उनी ट्रान्सफर सिजनको अन्तिम सम्म कुर्न पनि तयार रहेका छन्।
३० वर्षका अनुभवी इङलिस राइट ब्याक ट्रिपियर २०१९ मा अट्लेटिको मड्रिडमा अनुबन्ध भएका थिए। उनले अट्लेटिको मड्रिडका लागि ६८ खेल खेली सकेका छन्।