“अझै पनि बार्सिलोनाले नेयमार भित्र्याउन गर्न सबै प्रयास गर्ने छ”

बार्सिलोनाका खेल निर्देशक एरिक अबिदलले बार्सा अझै पनि पेरिस सेन्ट-जर्मेनका स्टार नेयमार भित्र्याउन इच्छुक रहेको बताएका छन् ।

ब्राजिलियन सिजनको सुरवातमा क्लबको प्राथमिक लक्ष्य थियो, स्पेनी माटोमा उनलाई फर्कौन दुई पक्ष सम्झौतामा पुग्न सकेन ।

“खेलको कुरा गर्दा, यसमा कुनै शंका छैन कि उनी एक खेलाडी हुन् जुन तपाईंले भित्र्याउनु नै पर्छ, किनभने बजारमा उनी जस्तो खेलाडीहरू अरु छैनन्,” अबिदलले भने ।

“खेलाडीको स्पष्ट इच्छा बार्सिलोना फर्कने थियो, तर आर्थिक कुराले सम्झौतामा आउन सकेन ।

“हामीले कुराकानी गर्न थाल्यौं र हामीले सुरुबाट देख्यौं कि खेलाडीको मूल्य अलि ठिक थिएन ।”

अबिदलले पुष्टि गरे कि बार्सिलोनाका खेलाडीहरू नेमारको पुन: आगमनको लागि उत्साहित छन्।

“ड्रेसिंग रूममा उनलाई साइन गर्न अनुरोध आउछ किनकि उनीहरूले नेमारलाई चिनेका छन्,” अबिदलले थपे।

“सबैलाई थाहा थियो कि उनीसँग धेरै प्रतिभा छ र बार्सिलोनामा उनले धेरै राम्रो प्रदर्शन गरे।

“नेमारलाई पनि हाम्रो टोली बारे सबै थाँहा छ र अनुकूलताको लागि कुनै आवश्यकता छैन।