अझै कौटिन्होलाई बेच्न चाहन्छन् बार्सिलोना- यी मध्ये एक क्लबले किन्ने आशावादी

कौटिन्होलाई प्रिमियर लिग क्लबमा पठाउने प्रयास विफल भए पनि उनलाई बेच्ने कुरामा बार्सिलोना अझै आशावादी रहेको खबर छ।

प्रिमियर लिगको ट्रान्सफर गर्ने समय सके पछि उनको प्रिमियर लिग जाने सम्भावना अन्त्य भए पनि उनको भविष्य बार्सिलोनामा रहेको देखिन्छ।

खबर अनुसार बार्सिलोना अझै पनि कौटिन्होलाई बेच्न चाहन्छन् र पिएसजीले उनलाई किन्नेमा आशावादी रहेको खबर छ।

Marcaको अनुसार बार्सिलोना नेमार किन्न कौटिन्होलाई पिएसजीमा पठाउन सक्छ वा नेमारको लागि कौटिन्हो र रकम दिएर सम्झौतामा जाने छ।बार्सिलोना कौटिन्होलाई बेच्न लागि परेको छ सम्झौता हुन नसक्दा उनि हाल बार्सिलोनामै छन् र बार्सिलोना उनलाई बेच्नेमा आशावादी रहेको खबर छ। उनलाई इटालियन वा जर्मन क्लबले साइन गर्नेमा बार्सिलोना आशावादी रहेको छ।