अछामको साँफेबगर नगरपालिका-२ को झकालेमा बस दुर्घटना भएको छ।
दुर्घटनामा १५ जना घाइते भएका छन् र ४ को अवस्था गम्भीर छ । झकालेको मोडमा विपरित दिशाबाट आइरहेको गाडीलाई साइड दिन खोज्दा बस दुर्घटना भएको प्रहरी निरीक्षक मोहन साउदले जानकारी दिए।
महेन्द्रनगरबाट बाजुराका लागि छुटेको पवनदुतको ना ७ ख २५६४ नम्बरको उक्त बस बुधबार बिहान सडकबाट करिब ५० मिटर तल खसेको छ।
घाइतेको उद्धार गरी उपचारका लागि न्याय हेल्थ बयलपाटा अस्पताल लगिएको प्रहरी निरीक्षक साउदले जानकारी दिए। घाइतेमध्ये कोहलपुरका शान्त धिताल र बाजुराका पदम कुमालको अवस्था भने गम्भीर रहेको साउदले बताए।