अग्वेरो र मेस्सीको साझेदारीमा बार्सालाई रोक्न असम्भव हुने पूर्व स्टारको दाबी

म्यान सिटीबाट अर्जेन्टिनाका स्टार सर्जियो अग्वेरो बार्सिलोनामा आएका छन् र मेस्सी सँग उनको खेल हेर्न फ्यानहरू उत्साहित रहेका छन् भने क्लबका पूर्व स्टार शमूएल इटो पनि दुई स्टारको साझेदारीको लागि रोमाञ्चित रहेका छन्।

हालको ट्रान्सफर विन्डोमा सर्जियो अग्वेरो फ्री एजेन्टको रुपमा बार्सा आएका हुन् र अर्जेन्टिनाका स्टार जोडीलाई रोक्न असम्भव हुने क्यामेरोनियन लेजेण्ड अपेक्षा गर्दै छन्।

“हामीले प्रत्येक सिजनमा ६० गोलहरू देख्नेछौ ,” इटोले बार्सिलोनाको नयाँ साझेदारीको ’boutमा सुपर डेपोर्टिभो रेडियोलाई भने।

“मलाई आशा छ कि भगवानले उनीहरूलाई चोटबाट जोगाउनुहुनेछ।”

बार्सिलोनामा मेसीको सम्झौता जून ३०मा समाप्त हुने भए पनि पनि, पूर्व बार्सा स्टारको विश्वास छ कि मेस्सीले क्लब छोड्ने छैनन्।

“मेसी नै बार्सिलोना हो,” इटोले भने। “म उनलाई अर्को जर्सीमा खेल्ने देख्दिन।”

शमूएल इटोले बार्सामा मेस्सी सँग खेलेका छन् र उनी मेस्सीको ठुलो प्रशंसक हुन् भने हाल अग्वेरो सँग मेस्सीको साझेदारीमा बार्सालाई रोक्न असम्भव हुने उनले दाबी गरे।