म्यानचेस्टर सिटीका कोच पेप गार्डियोलाले एस्टन भिल्लाबिरुद्धको जित पछि सर्जीयो अग्वेरोको प्रशंसा गरेका छन्।
३१ वर्षकाअग्वेरोले भिल्लाबिरुद्धको ६-१को जितमा ह्याट्रिक गरे र प्रीमियर लिगको इतिहासमा सबैभन्दा बढी गोल स्कोर गर्ने विदेशी खेलाडी बन्न सफल भए।
अर्जेन्टिनाका स्ट्राइकरले फ्रान्सका स्ट्राइकर हेनरीलाई र पूर्व चेल्सी मिडफिल्डर फ्रान्क लैम्पार्डको रेकर्ड तोडे।
“उनी एक लेजेण्ड हुन्,” गार्डियोलाले भने।
Man City boss Pep Guardiola claims that Sergio Aguero is one of the best strikers in the world but insists Lionel Messi remains at the top.
“Sergio is one of the best, no doubt. The best is Messi, but the rest? Sergio is absolutely one of them.” pic.twitter.com/me5gRY02Tp
— SBOBET (@SBOBET) January 13, 2020
अग्वेरोको सम्झौता २०२१ मा अन्त्य हुने छ, तर गार्डियोलाले उनि संग नया नयाँ सम्झौतामा हस्ताक्षर गर्ने संकेत देखाएका छन्।
“यो उहाँमा निर्भर गर्दछ, यो उनको निर्णय हो,” गार्डियोलाले भने।
“यस किसिमका खेलाडी …इंग्लिश फुटबलको अविश्वसनीय इतिहासमा धेरै छन्। उनले प्रिमियर लिग अझै राम्रो बनाउन मद्दत गर्दछन्।”
” The best is Messi ”
Pep Guardiola on Sergio Aguero as the best striker he had
Watch #AVLMCI Highlights here : https://t.co/Y9JojbxZD9 pic.twitter.com/eQk1QqUPid
— Stadium Astro (@stadiumastro) January 12, 2020
गार्डियोलाले अग्वेरोलाई मेस्सी पछिको विश्वको सर्वश्रेष्ठ स्ट्राइकरको रूपमा वर्णन गरे।
उनले थपे: “सबै भन्दा उत्कृष्ट मेस्सी हुन्।
“मेस्सी पछिको उत्कृष्ट सर्जियो हुन्,” पेपले भने।