अग्वेरो पनि बार्सा छोड्न इच्छुक

स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टिनियन स्टार खेलाडी लियोनल मेस्सीले छोड्ने भए पछि फ्यानहरू खुसी छैनन् भने बार्साले साइन गरेको नयाँ स्टार स्ट्राइकर सर्जियो अग्वेरो पनि खुसी छैनन्।

बार्सिलोनाले यो ट्रान्सफर विन्डो अग्वेरोलाई फ्री एजेन्टको रुपमा म्यान सिटीबाट साइन गरेको थियो र उनी बार्सा आउनुमा ठुलो भूमिका मेस्सी रहेका थिए।

सर्जियो अग्वेरो र मेस्सी राम्रो साथी हुन् भने दुई खेलाडी अर्जेन्टिनाका टिम मेट पनि हुन् र मेस्सी सँग क्लब स्तरमा अग्वेरोले आफ्नो सपना रहेको बताएका थिए र सो सपना पुरा गर्न उनी बार्सा आए तर हाल बार्सा मेस्सी सँग सम्झौता नवीकरण गर्न असफल भए पछि मेस्सी क्लब छोड्न बाध्य भएका छन् र अग्वेरो यो कुराबाट खुसी छैनन्।

क्लबको आर्थिक अवस्था कमजोर रहेका कारण र ला लिगाका केही नियमहरुका कारण बार्सिलोना र मेस्सी बीच उक्त सम्झौता नभएको क्लबले जनाएको छ र सर्जियो अग्वेरो पनि हाल क्लब छोड्न इच्छुक रहेको खबर छ।

खबर अनुसार सर्जियो अग्वेरोले सो बारे आफ्नो वकिल सँग वार्ता गरेका छन् र बार्सा छोड्ने आफ्नो मानसिकता उनले स्पष्ट गरेका छन्।