“अग्वेरोको लागि च्याम्पियन्स लिग जित्नेछौ”

म्यानचेस्टर सिटी यस सिजनमा च्याम्पियन्स लिग जित्न कटिबद्ध रहेको छ र सिटीका खेलाडीहरू उक्त उपाधि क्लब छोड्ने क्रममा रहेका स्टार सर्जियो अग्वेरोलाई समर्पण गर्न चाहन्छन्।

यो सिजन अग्वेरोको फम राम्रो रहेको छैन र उनी चोट सँग सङ्घर्ष गर्दै छन्। यो सिजन सिटीमा उनको अन्तिम सिजन हुने निश्चित भएको छ भने केही वर्ष अघि उनले सिटी सँग च्याम्पियन्स लिग जिते पछि मात्र क्लब छोड्ने दाबी गरेका थियो र यो वर्ष उनको लागि राम्रो मौका हुने छ।

बितेको दशकमा सिटीको लागि स्टार स्ट्राइकरको अविश्वसनीय योगदानलाई सबैले सिटीमा सम्मान गर्ने गरेको छ र सिटीका काइल वाकरले अग्वेरोको लागि च्याम्पियन्स लिग जित्ने प्रयास गर्ने बताए।

“अग्वेरोको एक लेजेण्ड हुन्,” काइल वाकरले भने।

“उनको वर्णन गर्नको लागि अरू कुनै शब्द छैन, उनले यस क्लब र प्रिमियर लिगमा के गरेको छन् त्यो धेरै व्यक्तिहरूले गर्न सक्दैनन्।

“आशा छ, हामी उनलाई च्याम्पियन्स लिग पदकको साथ बिदा दिन सक्छौँ, मलाई यकिन छ कि उनले आफ्नो सम्पूर्ण जीवनमा यो सपना देखेका छन्।”

“यस क्लबलाई फाइनल चाहिएको थियो, खेलाडीहरूलाई फाइनल चाहिएको थियो। हामी सँग रहेको प्रतिभाको बाबजुद च्याम्पियन्स लिग फाइनलमा प्रत्येक वर्ष नहुनु निराशाजनक थियो।

“अन्ततः त्यहाँ पुग्नु एकदम राम्रो छ र आशा छ हामी सिटी सँग सम्बन्धित सबैलाई गर्व गर्न सक्छौँ।