अग्रता जोगाउन नसक्दा लिभरपुल विरुद्ध जित्न म्यान सिटी असफल

शनिवार प्रिमियर लिगमा म्यानचेस्टर सिटी र लिभरपुल बिचको खेल बराबरीमा अन्त्य भएको छ।

शनिवार भएको खेलमा म्यानचेस्टर सिटीले पहिलो हाफको २७ औँ मिनेटमा अग्रता लिएको थियो। हालान्डले २७ औँ मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएको थियो भने पहिलो हाफको खेल १-०को स्कोरमा अन्त्य भएको थियो।

दोस्रो हाफमा भने लिभरपुल गोल गर्दै खेल बराबरीमा लगेको थियो। खेलको ८० औँ मिनेटमा रेड्सका लागि अर्नोल्ड ट्रेन्ट अलेक्जेन्डर निकै उत्कृष्ट गोल गर्दै खेल बराबरीमा लगे र लिभरपुललाई हार बटा जोगाए।

उक्त बराबरी पछि सिटी हाल लिगको शीर्ष स्थानमा रहेको छ। १३ खेलमा सिटीले २९ अंक प्राप्त गरेको छ। लिभरपुल भने बराबरी पछि दोस्रो स्थानमा पुगेको छ। लिभरपुल सँग १३ खेलमा २८ अंक रहेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ