अग्रता जोगाउन नसक्दा रियल जित्न असफल; बार्सा र एट्लेटिकोलाई फाइदा

स्पेनिस लिग ला लिगा अन्तर्गत सनिवार राती भएको खेलमा रियल म्याड्रीडले भिल्लारियलबिरुद्ध १-१ को बराबरी खेलेको छ ।

रियलले खेलको सुरुवात मै अग्रता लिएको थियो । खेलमा रियलका मारियानोले २ मिनेटमा गोल गर्दै अग्रता बनाएको हो ।

दोस्रो हाफमा खेलको ७६ औं मिनेटमा भिल्लारियलका मोरेनोले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्यायो र अरु गोल हुन नसके पछि खेल १-१ मै टुंगियो ।

बराबरीसंगै भिल्लारियल दोस्रो स्थानमा रहेको छ भने रियल म्याड्रीड चौथौ स्थानमा रहेको छ ।