अग्रता जोगाउन नसक्दा म्यान्चेस्टर युनाइटेडले गुमायो दोस्रो स्थानमा जाने सुनौलो अवसर

लेस्टरले म्यान्चेष्टर युनाईटेडसंग बराबरी खेल्दै अंक बाँडेको छ ।

शनिबार राति घरेलु मैदानमा लेस्टरले म्यान्चेष्टर युनाईटेडसंग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

मार्कुस रासफोर्डले सुरुवातमै युनाईटेडलाई अघि बढाए । ब्रुनो फर्नान्डेजले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै रासफोर्डले खेलको पहिलो गोल गरे ।

लगत्तै हार्वे बान्र्सले लेस्टरका लागि बराबरी गोल फर्काए । झण्डै डिबक्स बाहिरबाट उनको प्रहारले जाली चुमेको थियो ।

७९ औं मिनेटमा फर्नान्डेजले गोल गर्दै पुन युनाईटेडलाई अघि बढाए । मैदान छिरेको केही मिनेटमै ईडिन्सन काभानीको चलाखीपूर्ण पासमा फर्नान्डेजले युनाईटेडलाई २–१ को अवस्थामा पुर्याए ।

त्यसको ६ मिनेटमा जेमी भार्डीले लेस्टरका लागि बराबरी गोल फर्काए । डिबक्सभित्र अनमार्क रहेका भार्डीले बायाँ बार च्याम्दै सहजै गोल गरेका थिए ।

उपाधि होडमा रहेका दुवै टिमले बराबरी खेल्दै राहत प्राप्त गरेका छन् । तर शीर्ष स्थानको लिभरपुलसंग दुरी घटाउने मौका भने गुमाएका छन् ।

लेस्टर २८ अंक सहित दोस्रो र युनाईटेड २७ अंक सहित तेस्रो स्थानमा छ । शीर्ष स्थानको लिभरपुलको ३१ अंक छ ।