अग्रता जोगाउन नसक्दा बार्सिलोना युभेन्ट्ससंग रोकियो

मैत्रीपूर्ण खेलमा बार्सिलोना र युभेन्ट्सले बराबरी खेलेका छन् ।

टेक्ससमा बुधबार बिहान बार्सिलोना र युभेन्ट्सले २-२ गोलको बराबरी खेलेका हुन् ।

खेलको ३४औं मिनेटमा ओसुमाने डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।

मोइस किनले ३९औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ४०औं मिनेट डेम्बेलेले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए ।

तर, खेलको ५१औं मिनेटमा किनले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २-२ गोलको बराबरीमा फर्काएका थिए ।