नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ आबद्द पन्जाब एफसीले हिरो आईलिग फुटबलमा पहिलो हार व्यहोरेको छ ।
बिहीबार भएको खेलमा पन्जाब गोकुलम केरेलासँग ४-३ गोल अन्तरले पराजित भएको हो ।
किरणले कप्तानी गरेको खेलम सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा केरेला पराजित भएको हो ।
खेलको १७ औं मिनेटमा चेन्जोले गोल गर्दै पन्जाबलाई अग्रता दिलाएका थिए ।
खेलको २५ औं मिनेटमा चेन्जोले व्यक्तिगत दोस्रो गोल गर्दै पन्जाबलाई २-० को अग्रता दिलाए ।
खेलको २७ औं मिनेटमा केरेलाका फिलिपले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।
४४ औं मिनेटमा रुपेटले गोल गरेपछि पन्जाबले पहिलो हाफमा ३-१ को अग्रता लिएको थियो ।
तर, दोस्रो हाफमा केरेला खेलमा फर्कियो ।
खेलको ६९ औं मिनेटमा डेनीले गोल गर्दै केरेलालाई ३-२ को स्थितिमा ल्याए ।
७३ औं मिनेटमा डेनीले व्यक्तिगत दोस्रो गोल गर्दा खेल ३-३ गोलको बराबरीमा पुग्यो ।
त्यसपछि खेलको ७५ औं मिनेटमा पन्जाबका अनवर अलीले आत्मघाती गोल गरेपछि केरेला ४-३ ले विजयी भयो ।
यस अघि पहिलो खेलमा पन्जाबले एजवाल एफसीलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।