अग्रता जोगाउन नसक्दा पीएसजीको रेनस विरुद्ध हार

पीएसजीले आईतबार राति भएको खेलमा रेनससंग २–१ गोल अन्तरले पराजित भएको हो ।

खेलमा अग्रता पीएसजीले ३६ औ मिनेटमा ईडिन्सन काभानीको गोलबाट लिएको थियो । रेनसका कप्तान दामिन डी सिल्भाको ब्याक पास मिस हुदाँ काभानीले गोल गर्न सफल भएका थिए ।

पीएसजी मुख्य नेयमार बिना मैदान उत्रिएको थियो ।
४४ औ मिनेटमा मबय नियांगले गोल गर्दै घरेलु टोली रेनसलाई बराबरीमा ल्याएका थिए । ४८ औ मिनेटमा रोमेन डेल क्यासटिलोले रेनसका लागि विजयी गोल गरे ।

तर पटक पटकका अवसर काभानी र एम्बाप्पेले गुमाउँदा पीएसजीले बराबरीको मौका गुमाएको थियो । पीएसजीले गत सिजन मात्र ५ लिग म्याच खेल गुमाएको थियो । उसले १६ अंकको अग्रता सहित लिगको उपाधि जितेको थियो ।

तर क्लब फुटबलका सर्वाधिक महङ्गा खेलाडी नेयमार बार्सिलोना वा रियल मड्रिडसंग जोडिएका छन् । उनी स्पेनिस क्लबमा फर्कन चाहेपछि पीएसजीमा उनको अभाव खड्किने देखिएको छ ।