अग्युरो भित्र्याउन बार्सिलोनाको कसरत

बार्सिलोनाले अग्युरो भित्र्याउन अनुमती दिएका छन। यो सिजनको अन्तिममा सिटिसंगको सम्झौता सके पछि बार्सिलोना उन्लाइ अनुबन्धित गर्न इच्छुक देखिएको हो।

अर्जेन्टिनी स्ट्राइकर म्यान्चेस्टर सिटिको सर्वाधिक गोलकर्ता हुन। उन्ले २५८ गोल गरेका छन। गत मार्चमा उन्ले सिटिसंग सम्झौता नविकरण नगर्ने निर्णय लिएको थियो।

बार्सिलोना अग्युरोलाइ भित्र्याउने कसरतमा छन। स्पेनिश क्लबका स्ट्राइकरहरु जारी सिजन खासै जम्न नसके पछि ३२ बर्षिय स्ट्राइकर भित्र्याउने दाउमा छन।

अग्युरोको आगमनले मेस्सी बार्सिलोना बस्नेमा क्लबले बिश्वास लिएको छ। मेस्सीको जारी सिजनको सम्झौता यसै जुनमा सकिदै छ। त्येसो त अहिले सम्म कुनै सम्झौतामा मेस्सीले हस्ताक्षर गरेको छैन।

सिटि स्टारको अनुभव बार्सिलोनाका लागि अमुल्य हुने क्लबको बिश्वास छ।

त्येस्तै अग्युरोको आगमनले मेम्पिस दिपाइको सम्झौतामा केही फरक नपर्ने जनाएको छ। उन्को पनि यसै सिजन लियोनमा सम्झौता सकिदै छ।

अग्युरोले ला लिगामा पाँच बर्ष बिताएका थिए। एट्लेटिको म्याड्रिडबाट २०११ मा सिटि आएका हुन।

उन्ले सिटि छोड्ने घोषणा गरेसंगै युरोपका विभिन्न कल्बहरुसंग उन्को नाम जोडै आएको छ। चेल्सी, इन्टर, आर्सनल जस्ता कल्ब पनि उन्लाइ अनुबन्धित गर्न चाहन्छन।

सिटिका स्ट्राइकरले लिग उपाधी र च्याम्पियन्स लिग जित्दै सुखद बिदाइ गर्न चाहन्छ।