अग्युरो बार्सिलोना जाने

एजेन्सी, म्यान्चेस्टर सिटिको स्ट्राइकर सर्जियो अग्युरो ला लिगा क्लब बार्सिलोना जाने पक्का भएको छ। बार्सिलोनाले अग्युरोलाई दुई बर्षको सम्झौता गरेका छन। सिटिसंगको सम्झौता सके पछि उनी बार्सिलोना तर्फ लाग्ने छन।

च्याम्पियन्स लिगको फाइनल खेल पछि उन्ले बार्सिलोनासंग कागजी प्रक्रिया पूरा गर्ने छन। सिटि र चेल्सी मे २९ मा च्याम्पियन्स लिग फाइनल खेल्दै छ।

डि गार्डियन्सका अनुसार बार्सिलोना र अग्युरो बिच सहमती जुटि सकेको जनाए। बार्सिलोनाले अग्युरोको साथै मेम्पिस डिपाइसंग सम्झौता नजिक पुगेको।

लियोनबाट उच्च प्रदशन गर्दै यस सिजन लिग १ मा दोश्रो सर्वाधिक गोलकर्ताको सुचिमा छन। उन्ले लिगमा २० गोल गरिसकेका छन।