अग्युरो चेल्सी जाने सम्भावना बलियो

एजेन्सी, म्यान्चेस्टर सिटिको स्ट्राइकर सर्जियो अग्युरो प्रिमिएर लिगमा बस्ने भएको छ। उन्ले सिटि यस सिजनको अन्तिममा छोड्ने छन। सिटि छोडे लगतै उनी अन्य प्रिमिएर लिग क्लबमा जाने सम्भावना बलियो देखिन्छ।

उनी एक दशक सिटिमा खेले पछि छोड्ने निर्णय गरेका थिए। उनी सिटिको सर्वाधिक गोलकर्ता पनि हो।

सिटिले उन्को सम्मानमा सालिक बनाउने निर्णय यस अघिनै गरिसकेका छन।

उन्लाइ बार्सिलोना, रियल म्याड्रिड र पिएसजी जस्ता क्लबले पन्छ्याइ राखेका छन। तर उन्को चाहना इंग्ल्यान्डमा बस्ने रहेको मार्काले जनाए। उनी इंग्ल्यान्ड नछोड्ने भए पछि चेल्सी दौडमा सबैभन्दा अघि रहेको छ।

चेल्सीले २०११ मा उन्लाइ एटलेटिको म्याड्रिडबाट लण्डनमा ल्याउन चाहेको थियो तर उन्ले सिटि रोजे। लण्डन क्लवले उन्ले चाहेको पारिश्रम दिन चाहे पछि चेल्सी उन्को सुचीमा शिर्ष स्थानमा रहेको हो।

चेल्सीको जारी सिजन फरवार्डको फितलो प्रदशनका कारण उन्लाइ अनुबन्धित गर्न चाहेका हुन। यद्यपि, चेल्सी डर्टमुण्ड स्ट्राइकर एर्लिङ हल्यान्डलाई आफ्नो सुचीमा उच्छ स्थानमा रहेको छ।