अगुएरोले म्यान्चेस्टर डर्बी गुमाउने

गार्डियोलाले पत्रकार सम्मेलनमा बोल्दै अगुएरो चोटका कारण केही हप्ता मैदान बाहिर रहने बताए।

अगुरोले चेल्सीमाथि शनिबारको जीतमा थाइमा चोट बोके पछि गार्डियोलाको चोटको लामो सूचीमा सामेल भएको हो।

यो चोटसंगै सिटीसँग केबल एक जना फिट फरवार्डको नाममा गब्रिएल जेसुस रहेको छ। मंगलबार हुने शक्तार दोनेत्स्कबिरुद्धको च्याम्पियन्स लिग खेलमा जेसुसले खेल्ने सम्भावना बलियो छ।

गार्डियोलाले पुष्टि गरे कि अगुएरो डिसेम्बर ७ मा इतिहाद स्टेडियममा म्यानचेस्टर डर्बीको लागि समाबेश हुने छैन।

‘हामीले सर्जियोलाई गुमाउने छौ, तर हामी उसको लागि पर्खने छौ र गेब्रियलसंगै हामीसँग त्यो स्थानमा एक स्टार छ,’ गार्डियोलाले भने।

‘म अगुएरो घाइते भएकोमा खुसी छैन। हो, म खेल्न तयार छु,’ जेसुस भने। ‘जब म सिटी आए मलाई थाहा थियो कि यो गाह्रो हुनेछ किनकि उनीहरूसँग सर्जियो थियो।

‘मेरो लागि एउटा ठूलो मौका हो पेप गार्डियोलाको लागि खेल्ने र शीर्ष खेलाडीहरूसँग ठुलो क्लबबाट खेल्ने अवसर थियो, त्यसैले म आएको हुँ।’