“अगुएरोको भविस्यको बारे निर्णय सिजनको अन्तिममा हुन्छ”

एजेन्सी, म्यान्चेस्टर सिटिको मुख्य प्रशिक्षक पेप गुवार्डिओलाले आफुले अगुएरोको सम्झौताबारे सिजनको अन्तिममा निर्णय लिने बताएका छन।

अर्जेन्टाइन स्टारले जारी सिजन सबै प्रतियोगितामा गरेर मात्र ११ खेल खेलेका छन। उनि घाइते र कोरोना संक्रमण भए पछि उनी मैदान बाहिर रहदै आएका थिए।

यी ३२ बर्षिय स्ट्राइकरले चार महिना पछि गत महिना सिटिका लागि वेस्ट ह्याम बिरुद्धको खेलमा सुरुवात गरेका थिए।

अगुएरोले सन २०११ मा एटलेटिको म्याड्रिडबाट सिटि प्रवेश गरेका थिए। उन्को सिटिसंगको सम्झौता यसै जुनमा सकिदै छ।

“हामिले उसंग मान्छे र पक्कै पनि एउटा खेलाडि भएर कुरा गर्नेछौ। गुवार्डिओलाले भने “हामीले यो सिजनको अन्तिमसम्म कुर्नु पर्ने हुन्छ”।

“मेरो बिचारमा क्लवले उस्को एजेन्टसंग कुरा गरि सकेको छ र अव्स्थाको बारे राम्ररी थाहा छ”।

सिटिको जारी सिजन अंक तालिकामा शिर्ष स्थानमा रहेको छ।
दोश्रो स्थानको म्यान्चेस्टर युनाईटेड भन्दा ११ अंक माथी छ।