अउबमेयाङको लागि बार्सिलोना संग माग्यो आर्सनलले यति रकम

आर्सेनलले आउँदो गर्मीमा कप्तानपिएरे–एमरिक अउबमेयाङ बेच्न ठूलो रकमको माग गरिरहेका छन्।

डेली एक्सप्रेसको अनुसार आर्सेनलले उनको लागि £७० मिलियनको माग गरेको छ।

गेबोनका स्टार स्ट्राइकर जून २०२२ सम्म एमिरेट्स स्टेडियममा सम्झौता रहेको छ, तर इन्टर मिलान र बार्सिलोनाबाट उनको लागि चासो आउँदा आर्सेनलले उनको मूल्य खुलाएको छ।

यद्यपि बार्सिलोनाले इन्टरका लौटरो मार्टिनेज साइन गर्न सक्ने खबर पनि छ र बार्सिलोनाले मार्टिनेज साइन गर्ने हो भने इन्टरले अउबमेयाङको साइन गर्न ठुलो प्रयास गर्ने खबर छ।

३० वर्षका स्टार अउबमेयाङ आर्सेनलमा निकै उत्कृष्ट प्रदर्शन गर्दै छन् र उनले आउँदो गर्मीमा क्लब छोड्ने सक्ने खबर छ।