“अंशु फाती भन्दा फेलिक्स उत्कृष्ट प्रतिभा हुन्”

बार्साका युवा स्टार अंशु फाती भन्दा एलेटिको म्याड्रिडका स्टार जाओ फेलिक्स ठुलो र उत्कृष्ट प्रतिभा रहेको एलेटिको म्याड्रिडका लेजेण्ड पाउलो फुत्रेको दाबी छ।

दुबै युवाहरूले यो ला लिगा सीजन शानदार फार्ममा सुरु गरेका छन्, र विश्वभरि उनीहरूले आफ्नो खेलको बारे हेडलाइन्स बनाएका छन्।

फेलिक्सको बारेमा, फुत्रेले भने: “उहाँ प्रतिभाशाली हुनुहुन्छ, प्रत्येक समय जब उनले आफ्नो खुट्टाले बललाई पास गर्छन उनको कौशलले, बल पनि खुसी हुन्छ। यस वर्ष हामी जाओले बल नछोएको देख्नेछैनौं।”

उनि विश्वास गर्छन लुइस सुआरेज र फेलिक्सको “एक उत्कृष्ट जोडी” हुने छ र उनि र फाती बीचको तुलनाको बारेमा उनले भने।

“म जाओ साथमा छु, अन्य भन्दा फेलिक्स एक उत्कृष्ट प्रतिभा हुन् र यो सुनौलो केटो अरु भन्दा फरक छन्। उनले केहि वर्षभित्रमा बलोन डी’ओरको लागि लड्नेछ।”

उनले थपे: ” यो सिजन एट्लिटो म्याड्रिड सबै शीर्षकहरूका लागि आमने सामने प्रतिस्पर्धा गर्न सक्दछ। (कोच डिएगो) सिमोनको साथ सबै सम्भव छ।”