“अंशु फाती बार्साको लागि महत्त्वपूर्ण खेलाडी बन्न सक्छन “

बार्सिलोनाका मिडफिल्डर इभान राकिटिकले मंगलबार लेगनेसबिरुद्धको २-०को जित पछि अंशु फातीको प्रशंसा गरेका छन्।

अन्सूले क्याम्प नाउमा लेगनेसविरुद्ध २-०को जीतमा ओपनर गोल गरे र इभान राकिटिक उनको खेलबाट खुशी भएका छन्।

“म उनीका लागि धेरै खुशी छु,” क्रोएशियनले भने।

“उनले वास्तवमै प्रभावशाली काम गरिरहेका छन् र उनले धैर्यता राख्नुपर्दछ।”

“उनि एक युवा खेलाडी हुन् र उनले आफ्नो प्रदर्शन यसरीनै स्थिर राख्न सके उनि बार्साको लागि एक महत्त्वपूर्ण खेलाडी बन्न सक्छन”