“हामी सँग सम्झौता गरिसकेको खेलाडीलाई धेरै पैसा दिएर रियल म्याड्रिडले साइन गर्‍यो”- बार्सा अध्यक्ष

ला लिगा क्लब रियल म्याड्रिड १८ वर्षीय वन्डरकिड अर्दा गुलरलाई साइन गरेको छ। रियलले उनलाई साइन गर्नु अगाडी उनी बार्सिलोनामा जान धेरै नजिक थिए र उनी संग बार्साको सम्झौता भए पनि अन्तिम समयमा रियलले धेरै पैसा तिरेर उनलाई साइन गरेको भनेर बार्सा अध्यक्ष लापोर्टाले दाबी गरेका छन्।

“हामीले खेलाडीसँग सम्झौता गरेका थियौँ र हामी फेनेरबाचेलाई €१७.५ मिलियन तिर्न तयार थियौँ।- बार्सा अध्यक्ष लापोर्टाले बताए।

“तर त्यसपछि रियल म्याड्रिड जस्ता अन्य क्लबहरू आए र धेरै पैसा तिरेर उनलाई साइन गरे- हामी खेलाडीको लागि ‘बिडिङ वार’ मा सामेल हुन सक्दैनौ।”

रियल म्याड्रिडले उनको २० मिलियन युरो र केही बोनसको प्रस्ताव पठाएको थियो र उनलाई भविष्यमा रियलले बेचे उक्त रकमको २० प्रतिशत फेनेरबाचेलाई दिने रियलको प्रस्ताव रहेको छ।

उनले रियल सँग ६ वर्षको सम्झौता गरेका छन् भने उनको अब रियलले सार्वजनिक पनि गरिसकेको छ। उनलाई साइन गर्न बार्सा सहित आर्सनल जस्ता अन्य ठुलो क्लबहरू पनि इच्छुक रहेको थियो तर रियल उक्त दौड जित्न सफल भएको छ।

१८ वर्षीय वन्डरकिडको अट्याकिंग मिडफिल्डरको प्रदर्शन टर्कीको क्लब फेनेरबाचे निकै राम्रो रहेको छ। हाल सम्म उनले सिनियर टिमको लागि ५१ खेल खेल्दै ९ गोल र १२ असिस्ट गरेका छन्।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ