‘म चेल्सीमा जित्नको लागि आएको हुँ’

चेल्सीका नयाँ कोच मौरिसियो पोचेटिनोले आफू चेल्सीमा जित्नको लागि आएको दाबी गरेका छन् भने चेल्सी जस्तो क्लबमा उपाधिहरू जित्न पर्ने ठुलो दबाब रहेको र जित्न नसके कोचहरू समस्यामा पर्ने स्वीकार गरे।

“म यहाँ जित्नको लागि आएको हुँ। केवल राम्रो गर्न होइन… यदि तपाईँले चेल्सी जस्तो क्लबमा जित्नुभएन भने तपाई समस्यामा पर्नुहुनेछ।”- मौरिसियो पोचेटिनोले अन्तर्वार्तामा बोल्दै भने।

“म यहाँ चेल्सीमा आउन पाउँदा साँच्चै खुसी छु। हामी अहिले धेरै मेहनत गरिरहेका छौँ ।
“मलाई यो फुटबल क्लबमा विश्वास छ। म पल, लरेन्स र क्लब मालिकमा मलाई प्रतिस्पर्धी हुनका लागि उपकरणहरू प्रदान गर्नमा विश्वास गर्दछु।”

२०१९मा टोटेनह्यामबाट बर्खास्त भएका मौरिसियो पोचेटिनो हाल फेरी प्रिमियर लिगमा फर्केका छन्। यो भन्दा अगाडी उनले पिएसजीमा काम गरेका थिए भने केही समय उनी क्लब विहीन रहे पछि हाल उनी चेल्सीको साथ प्रिमियर लिगमा फर्केका छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ