चेल्सीले भिल्लारियलका स्ट्राइकर निकोलस ज्याक्सनलाई अनुबन्ध गरेको घोषणा गरेको छ ।
सेनेगलका स्ट्राइकरले स्ट्यामफोर्ड ब्रिजमा दीर्घकालीन सम्झौतामा हस्ताक्षर गरेका छन् र उनी मौरिसियो पोचेटिनो नेतृत्वमा ब्लुजको दोस्रो ट्रान्सफर बनेका छन्।
… Nic Jackson! 💙 pic.twitter.com/IRFcrXnXf6
— Chelsea FC (@ChelseaFC) June 30, 2023
रिपोर्ट अनुसार चेल्सीले भिल्लारियललाई उनको €३५ मिलियनको रिलीज क्लजको भन्दा धेरै ट्रान्सफर शुल्क तिर्न सहमत भएको छ, तर चेल्सीले उक्त रकम आउँदो वर्षहरूमा केही किस्ताहरूमा तिर्ने जानकारी छ।
उनलाई साइन गर्न धेरै क्लबहरू इच्छुक रहेको थियो तर प्रिमियर लिग क्लब चेल्सी उनलाई साइन गर्न सफल भएको छ भने चेल्सीले उनलाई सामाजिक सञ्जालहरूमा पनि सार्वजनिक गर्दै उनको ट्रान्सफरको घोषणा गरेको छ।
२०२१मा भिल्लारियलमा अनुबन्ध भएका २२ वर्षीय स्ट्राइकरले हाल सम्म ला लिगा क्लब भिल्लारियलका लागि ४७ खेल खेल्दै १३ गोल र ६ असिस्ट गरेका छन्।