च्याम्पियन्स लिगमा नेमारको ७ सर्वश्रेष्ठ प्रदर्शनहरू

२०१९/२०को सिजन पिएसजी च्याम्पियन्स लिग फाइनलमा पुगेको थियो भने यो सिजन पिएसजीले नकआउट चरणमा रियल म्याड्रिडको सामना गर्ने छ। गत सिजन पनि पिएसजी सेमी-फाइनल सम्म पुगेको थियो र पिएसजीको लागि नेमारको निकै राम्रो प्रदर्शन रहेको थियो भने उनको खेल धेरै प्रशंसा भएको थियो- खेलमा उनले गोल नगरे पनि उनको शैली र प्रतिभाले फ्यानहरूलाई खुसी बनाउने गरेको छ।

तर उनले च्याम्पियन्स लिगमा आफ्नो उत्कृष्ट प्रतिभा देखाएर फ्यानहरूलाई खुसी पारेको यो पहिलो पटक हैन। २९ वर्षका स्टारले अहिले सम्म च्याम्पियन्स लिगमा ७३ खेल खेलेका छन् भने ४१ गोल र ३१ असिस्ट गरेका छन् र हामीले नेमारले हाल सम्म च्याम्पियन्स लिगमा गरेको सर्वश्रेष्ठ प्रदर्शनहरूको सुची बनाएका छौँ जुन तल हेर्न सक्नु हुने छ :-

७. पिएसजी v लिभरपुल- २०१८

२०१८मा लिभरपुल विरुद्ध उनको प्रदर्शन निकै राम्रो थियो। योर्गन क्लोपका टिम विरुद्ध उनको उनको काउन्टरले लिभरपुलको डिफेन्डरलाई निकै चुनौती दिएको थियो। उनले खेलमा गोल पनि गरेका थिए र पिएसजीलाई २-१को जित निकाल्न मदत गरेका थिए। भ्यान डाइकलाई पनि नेमारको गति र चतुरतासँग बाँच्न गाह्रो भएको थियो।

६. बार्सिलोना v सेल्टिक- २०१३

प्रतियोगितामा नेमारको पहिलो ह्याट्रिक २०१३/१४ सिजनको समूह चरणमा बार्सिलोनाको सेल्टिक विरुद्धको ६-१को जितमा आएको थियो। ब्राजिलियन त्यो गर्मीमा मात्र क्लबमा आएका थिए, तर उनले बार्सालाई लिओनेल मेस्सी बिना खेलमा जित हात पार्न मदत गरे। उनले उक्त खेलमा एक असिस्ट पनि गरे

५. पिएसजी v बोरुसिया डार्टमन्ड- २०२०

हालान्डका बोरुसिया डर्टमन्ड विरुद्ध नेमारले खेलको पहिलो गोल हेडरबाट गरेका थिए उनले डर्टमन्डका डिफेन्डरहरूलाई निकै गाह्रो समय दिए र पिएसजीलाई २-० गोलको जित सँगै क्वार्टर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेका थिए।

४. बार्सिलोना v युभेन्टस- २०१५

२०१५को च्याम्पियन्स लिग फाइनलमा नेमारले बार्सालाई पाँचौँ युरोपियन कप र दोस्रो ट्रेबलमा सुरक्षित गर्न महत्त्वपूर्ण तेस्रो गोल गरे। युभेलाई नेमार सम्हाल्न निकै गाह्रो भएको थियो र त्यो बर्स ब्राजिलियान संसारको तेस्रो सर्वश्रेष्ठ खेलाडीको रूपमा परिचित भएका थिए।

३. पिएसजी v एटलान्टा- २०२०

पिएसजीको नाटकीय २-१ को जीतमा नेमारको प्रदर्शन निकै रमाइलो थियो र जितमा उनले निकै ठुलो भूमिका खेले। ब्राजिलियनले उक्त खेलमा कुल १६ सफल ड्रिबल पूरा गरे, र खेलमा उनले असिस्ट पनि गरे ।

२. बायर्न म्युनिख v बार्सिलोना- २०१५

बार्साले यो खेल ३-२ले हारेको थियो, तर त्यो रात नेमारले बार्साको लागि निकै राम्रो खेलेका थिए भने उनले बायर्नको होममा २ महत्त्वपूर्ण अवे गोल गरे । दोस्रो लेगको खेलमा बार्साले ३-०को जित निकाल्दै कमब्याक गरेको थियो। त्यो खेलमा मेस्सी, नेमार र सुआरेजको साझेदारी निकै बलियो थियो।

१. बार्सिलोना v पिएसजी- २०१७

च्याम्पियन्स लिग इतिहासको सबभन्दा प्रसिद्ध व्यक्तिगत प्रदर्शन रहेको खेल मध्ये एक यो खेल हो र नेमारको प्रदर्शन यो खेलमा निकै उत्कृष्ट रहेको थियो। पहिलो लेगमा ४-१को हार बेहोरेको बार्सालाई दोस्रो लेगमा ठुलो दबाब थियो तर बार्साले उक्त खेलमा ६-१को जित सँगै नाटकीय रुपमा कमब्याक गर्‍यो।  खेल ३-१मा पुगेको बेला उनले आफ्नो उत्कृष्ट प्रदर्शन देखाउँदै बार्सालाई खेल जित्न मदत गरे- उक्त खेलमा नेमारले २ गोल गरेका थिए र सम्भव यो युरोपियन फुटबलमा सबैभन्दा ठुलो पुनः आगमन हो।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ