भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि

भारतले साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।

मंगलबार बेंगलोरमा भएको फाइनल खेलमा कुवेतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै भारतले उपाधि उचालेको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो ।

भारतका गोलकिपर गुर्प्रित सिंहले सदन डेथमा कुवेतका खेलाडिको पेनाल्टी प्रहर रोक्दै उपाधि दिलाउन सफल भएको हो ।