होइलान्डलाई साइन गर्ने प्रयासमा म्यानचेस्टर युनाइटेड

प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड इटालियन क्लब एटलान्टाका स्टार स्ट्राइकर रासमस होइलान्डलाई साइन गर्ने प्रयासमा रहेको छ।

डेनिस स्ट्राइकर रासमस होइलान्डको प्रदर्शन इटालियन क्लबमा निकै उत्कृष्ट रहेको छ भने उनको तुलना म्यान सिटीका सता हालान्ड सँग पनि हुने गएको छ र उनलाई साइन गर्ने प्रयासमा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड रहेको जानकारी छ।

होइलान्डलाई साइन गर्न म्यानचेस्टर युनाइटेडले एटलान्टालाई £३१ मिलियनको प्रस्ताव पठाएको पनि खुलेको छ तर उक्त प्रस्ताव एटलान्टाले अस्वीकार गरेको जानकारी छ भने उनको लागि एटलान्टाले £४० मिलियन सम्मको माग राख्ने पनि उक्त रिपोर्टले जनाएको छ।

 

२०२२मा स्टर्म ग्राजबाट इटालियन क्लब एटलान्टामा आएका होइलान्डको खेल सिरी एमा निकै राम्रो रहेको छ।

हाल सम्म उनले एटलान्टाका लागि ३४ खेल खेल्दै १० गोल र ४ असिस्ट गरेका छन् भने उनलाई साइन गर्न धेरै ठुलो युरोपियन क्लबहरू इच्छुक रहेको छ जसमा म्यानचेस्टर युनाइटेड सहित युभेन्टस जस्तो क्लबहरूको नाम रहेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ