आर्सनलले पनि एम्बाप्पे साइन गर्न प्रयास गर्ने

प्रिमियर लिग क्लब आर्सनल पनि फ्रेन्च सुपरस्टार किलियन एम्बाप्पेलाई साइन गर्न इच्छुक हुने रिपोर्ट रहेको छ।

पिएसजी सँग सम्झौता विस्तार नगर्ने निर्णय लिए पछि उनी अर्को वर्ष फ्री एजेन्ट हुने निश्चित रहेको बेला धेरै क्लबहरू उनलाई साइन गर्ने प्रयासमा हुने स्पष्ट रहेको छ भने रिपोर्ट अनुसार प्रिमियर लिग क्लब आर्सनल उनलाई साइन गर्ने दौडमा सामेल हुन सक्ने छ।

गत सिजन प्रिमियर लिग उपाधिको लागि म्यान सिटी सँग प्रतिस्पर्धा गरेको आर्सनल यस ट्रान्सफर विन्डो निकै सक्रिय रहेको बेला २०२४मा पनि आर्सनलले ठुलो खेलाडीहरु भित्राउने योजना बनाएको जसमा फ्री एजेन्ट हुने क्रममा रहेको एम्बाप्पे पनि रहेको जानकारी छ।

पिएसजी यहि ट्रान्सफर विन्डो एम्बाप्पेलाई बेच्ने प्रयासमा रहे पनि एम्बाप्पे २०२४मा मात्र क्लब छोड्ने मानसिकतामा रहेका छन् भने उनलाई साइन गर्ने मुख्य दाबेदारको रूपमा रियल म्याड्रिड रहेको छ भने एम्बाप्पेले रियलमा खेल्ने आफ्नो सपना रहेको पनि बताउंदै आएका छन्।

 

उनलाई साइन गर्न रियल म्याड्रिड देखि लिभरपुल, म्यानचेस्टर युनाइटेड जस्तो क्लबहरू पनि इच्छुक रहेको बेला आर्सनल पनि उक्त दौडमा सामेल हुन सक्ने चर्चा हाल रहेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ