ब्राजिलियन सुपरस्टार नेमारलाई भित्राउने दौडमा चेल्सीको ‘इन्ट्री’

प्रिमियर लिग क्लब चेल्सी, पिएसजीका ब्राजिलियन सुपरस्टार नेमार साइन गर्ने दौडमा सामेल भएको रिपोर्ट रहेको छ। पिएसजीमा नेमारको भविष्य अनिश्चित रहेको बेला उनलाई साइन गर्न प्रिमियर लिग क्लब चेल्सी इच्छुक रहेको छ।

२०१७मा ट्रान्सफर रेकर्ड तोड्दै नेमार ला लिगा क्लब बार्सिलोनाबाट पिएसजी आएका थिए भने हाल पिएसजी उनलाई बेच्न तयार रहेको बेला चेल्सी उनलाई साइन गर्ने दौडमा सामेल भएको जानकारी छ।

वेस्ट लन्डन क्लब मौरिसियो पोचेटिनो अन्तर्गत आफ्नो नयाँ परियोजनाको लागि तयारी गर्दै छ। यो सिजन लिगको१२ औँ स्थानमा रहेको चेल्सी घरेलु कपमा म्यानचेस्टर सिटीसँग पराजित भएको थियो र च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको थियो जहाँ रियल म्याड्रिडसँग पराजित भएको थियो।

हाल चेल्सी अर्को सिजनको लागि योजना बनाउने क्रममा रहेको छ र रिपोर्ट अनुसार ब्राजिलियन सुपरस्टार नेमार साइन गर्न चेल्सी धेरै इच्छुक रहेको छ।

पिएसजीको लागि उनले हाल सम्म १७३ खेलेका छन् र सो क्रममा उनले ११८ गोल र ७७ असिस्ट गर्दै ५ फ्रेन्च लिग र ३ फ्रेन्च कप सहित धेरै घरेलु उपाधिहरू जितेका छन्।

हाल पिएसजीमा उनको भविष्य अनिश्चित बेला चेल्सी उनलाई साइन गर्ने प्रयासमा हुने अनुमान गरिएको छ भने चेल्सी सहित न्यूकासल युनाइटेड र म्यानचेस्टर युनाइटेड सँग पनि उनको नाम जोडिएको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ