कुवेतबिरुद्ध खेल्ने नेपालको सुरुवाती ११; खेल यसरी सजिलै हेर्नुहोस

साफ च्याम्पियनसिप फुटबल अन्तर्गत कुवेतविरुद्ध खेल्ने नेपालको सुरुआती-११ सार्वजनिक भएको छ ।

मुख्य प्रशिक्षक अल्बर्टो भिन्सेन्जो एनीसले किरण चेम्जोङको कप्तानीमा सुरुआती-११ सार्वजनिक गरेका छन् ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा साविक उपविजेता समेत रहेको नेपाल र कुवेतबीचको उद्घाटन खेल नेपाली समय अनुसार ३:४५ बजे सुरु हुनेछ ।

कुवेत र नेपालबीच पछिल्लो पटक गत वर्षको जेठमा प्रतिस्पर्धा भएको थियो ।

एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत कुवेतमा भएको खेलमा नेपाललाई घरेलु टोलीले ४-१ गोल अन्तरले हराएको थियो ।

नेपाल र कुवेतबीच हालसम्म ९ खेल भएको छ । जसमा ८ खेल कुवेतले जितेको छ भने एक खेल बराबरीमा सकिएको छ ।

नेपालको सुरुवाती ११:
किरण चेम्जोङ; सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, बिमल पाण्डे; पुजन उपरकोटी, लाकेन लिम्बू; अन्जन बिष्ट, मनिश दाङ्गी र नवयुग श्रेष्ठ

खेल कान्तिपुर टेलिभिजन एचडिमा हेर्न सक्नु हुन्छ ।