जापनिज गोलकिपर माथि म्यानचेस्टर युनाइटेडको नजर

प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडको नजर जापनिज गोलकिपर जीयोन सुजुकी माथि रहेको जानकारी छ।

म्यानचेस्टर युनाइटेडका गोलकिपर डेभिड डे हेया सँग क्लबको सम्झौता अन्त्य भए पछि डे हेयाले फ्री एजेन्टको रूपमा क्लब छोडेका छन् र हाल म्यानचेस्टर युनाइटेड नयाँ गोलकिपरको खोजीमा रहेको छ ।

इन्टर मिलानका गोलकिपर आन्द्रे ओनानालाई साइन गर्ने म्यानचेस्टर युनाइटेडको हाल सम्मको प्रयास असफल रहे पछि युनाइटेडले उनको विकल्पको रूपमा जापनिज गोलकिपर जीयोन सुजुकी माथि पनि आफ्नो निगरानी राखेको रिपोर्ट छ।

२० वर्षीय जपानीज गोलकिपर जीयोन सुजुकी हाल जापनिज क्लब उरावा रेड्सको लागि खेल्दै छन् भने उनको मूल्य £५ मिलियन हुने रिपोर्ट रहेको बेला उनलाई साइन गर्न प्रिमियर लिग क्लब इच्छुक रहेको छ।

म्यानचेस्टर युनाइटेडले इन्टर मिलानका गोलकिपर आन्द्रे ओनानाको लागि €४० मिलियन र €५ मिलियन बोनसको प्रारम्भिक प्रस्ताव पठाएको थियो तर उक्त प्रस्ताव इन्टरले अस्वीकार गरे पछि जापनिज गोलकिपर माथि युनाइटेडले आफ्नो नजर राखेको हो।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ