“अमेरिकी लीगमा खेलहरू हारे पनि धेरै फरक पर्दैन”

फुटबल लेजेण्ड लिओनेल मेस्सी अमेरिकी मेजर लिग सकर क्लब इन्टर मायामीमा अनुबन्धित भए सँगै मेजर लिग सकर वारे धेरै चर्चा हुँदै गर्दा पूर्व रियल म्याड्रिड स्टार ग्यारेथ बेलले पनि अमेरिकी मेजर लिग सकर आफ्नो अनुभव वारे बोलेका छन् भने अमेरिकी लीगमा खेलहरू हारे पनि धेरै फरक नपर्ने उनले दाबी गरे।

मेजर लिग सकरमा रेलेगेसन र प्रोमोसन प्रणाली नभएको र फ्यानहरू पनि क्रोधित नहुने भएको कारण अमेरिकी लीगमा खेलहरू हारे पनि केही फरक नपर्ने बेलले दाबी गरेका छन्।

“अमेरिकी मेजर लिगमा खेल्नु ‘चिल’ छ। यदि तपाईँ रियल म्याड्रिडमा हराउनुभयो भने, यो संसार समाप्त भएको जस्तै हुन्छ। तपाइँको धेरै आलोचना हुने छ । तपाईँ आफै निराश हुनुहुन्छ। तपाईँ घर जानुहोस् र तपाईँ खुसी हुनुहुन्न।- बेलले भने।

“त्यहाँ हार बढी स्विकार्छन्। हारको धेरै परिणाम पनि छैन। तपाईँ त्यहाँ रिलिगेटे पनि हुन सक्नुहुन्न। जब तपाईँ एक खेल हराउनुहुन्छ तपाईँ अर्को खेलमा आरामले जानु हुन्छ। तिनीहरू त्यहाँ धेरै हार राम्रो सँग स्विकार्छन्।”

“तर फ्यानहरु हरेक जितलाई च्याम्पियनसिप जिते जस्तै मनाउँछन्…मेस्सीले पक्कै पनि मजा लिनेछन्।”

पूर्व रियल म्याड्रिड स्टार ग्यारेथ बेलले २०२२ देखि २०२३ सम्म अमेरिकी मेजर लिग सकर क्लब लस एन्जलस एफ सीबाट खेलेका थिए।

एक अन्तर्वार्तामा उनलाई ला लिगा र मेरिकी मेजर लिग सकरमा के भिन्नता रहेको वारे प्रश्न हुँदा उनले आफ्नो अनुभव वारे बोलेका हुन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ