पोर्चुगिज स्टार भित्राउन पिएसजी इच्छुक

फ्रेन्च लिग वान क्लब पिएसजी स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका पोर्चुगिज स्टार जाओ फेलिक्सलाई साइन गर्न इच्छुक रहेको जानकारी छ।

एट्लेटिको म्याड्रिड रजाओ फेलिक्स बिचको सम्झौता २०२७ सम्म रहे पनि पोर्चुगिज स्टार जाओ फेलिक्स, डिएगो सिमोनको योजना उनी नपर्ने स्पष्ट रहे पछि जाओ फेलिक्स क्लब छोड्ने प्रयासमा रहेका छन् र उनलाई साइन गर्न पिएसजी इच्छुक रहेको जानकारी छ ।

गत सिजन फेलिक्सले छोटो समय चेल्सीमा लोनमा बिताएका थिए र उक्त लोन सम्झौता अन्त्य भए सँगै उनी फेरी एट्लेटिकोमा फर्के पनि यो ट्रान्सफर विन्डो स्थायी रूपमा नयाँ क्लबमा जाने फेलिक्सको योजना रहेको छ र उनलाई साइन गर्न धेरै क्लबहरू इच्छुक रहेको छ।

पिएसजीका नयाँ कोच लुइस एनरिके पोर्चुगिज स्टारको फ्यान रहेको र उनलाई आफ्नो टिममा भित्राउन एनरिके निकै इच्छुक रहेको कारण उनलाई पिएसजीले उनलाई साइन गर्न सक्ने जानकारी रहेको छ।

एट्लेटिकोले रेकर्ड मूल्यमा फेलिक्सलाई २०१९मा बेन्फिकाबाट £११३ मिलियनमा साइन गरेको थियो तर यो सिजन उनले एट्लेटिकोमा धेरै बेन्चमा बिताएका छन् र सो कारण २३ वर्षीय स्टार क्लबमा खुसी छैनन् भने उनी क्लब छोड्ने मानसिकतामा रहेको बेला धेरै क्लबको नजर उनी माथि रहेको छ।

हाल रिपोर्ट अनुसार उनलाई साइन गर्न फ्रेन्च क्लब पिएसजी इच्छुक रहेको छ।

फेलिक्सले स्पेनिस क्लबका लागि १३१ खेलमा ३४ गोल र १८ असिस्ट गरेका छन्। पिएसजी सहित युनाइटेडको नाम पनि फेलिक्स सँग जोडिने क्रम रहेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ