मेस्सीले अमेरिकामा यस्तो ठुलो इतिहास रच्न सक्ने

फुटबल सुपरस्टार लिओनेल मेस्सी अर्को सिजन अमेरिकी लीग एमएलएसमा खेल्ने छन् भने उनी सँग अमेरिकामा एक ठुलो इतिहास रच्न अवसर रहेको छ।

अमेरिकी क्लब इन्टर मायामी सँग अनुबन्धित भएका मेस्सी एमएलएसमा खेल्दै बलोन डि’ओर जित्ने पहिलो खेलाडी बन्न सक्ने छन्।

हाल सम्म ३ पुर्व बलोन डि’ओर विजेताले अमेरिकी लीग एमएलएसमा खेलेका छन् तर एमएलएसमा खेल्दै गर्दा हाल सम्म कुनै खेलाडीले बलोन डि’ओर जितेका छैनन् र मेस्सी सो रेकर्ड बनाउने पहिलो खेलाडी बन्न सक्ने ठुलो सम्भावना रहेको छ।

२०२२को फिफा विश्वकप विजेता लिओनेल मेस्सीले यस वर्ष बलोन डि’ओर जित्ने मुख्य दाबेदार मध्ये एकको रूपमा रहेका छन्। ७ पटक बलोन डि’ओर जितेका मेस्सीले यस वर्ष पनि बलोन डि’ओर जिते उनी बलोन डि’ओर जित्ने पहिलो एमएलएस खेलाडी बन्ने छन् जुन अमेरिकी फुटबल इतिहासकै सबैभन्दा ठुलो उपलब्धि हुन सक्ने छ।

मेस्सीले २०२२को फिफा विश्वकप, फ्रेन्च लिग र फ्रेन्च सुपर जितेका छन् भने यो सिजन उनले पिएसजीको लागि ४१ खेलमा २१ गोल र २१ असिस्ट गरेका छन्

यो वर्षको बलोन डि’ओको लागि हालान्डले र मेस्सी बिच प्रतिस्पर्धा हुने अनुमान रहेको छ। प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीको साथ हालान्डले प्रिमियर लिग, एफ ए कप र च्याम्पियन्स लिग जितेका छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ