मेस्सीले आफूले सामना गरेको सबैभन्दा कठिन विपक्षी अब मेस्सीको टिम-मेट बन्ने

मेस्सीले केही समय अगि आफूले सामना गरेको सबैभन्दा कठिन विपक्षी खेलाडीको वारेमा बोलेका थिए भने अब सो खेलाडी राष्ट्रिय टिममा मेस्सीको टिम-मेट बन्न सक्ने भएकी छ।

केही वर्ष अघि मेस्सीले एक अन्तर्वार्तामा कुरा गर्दै आफूले सामना गरेको सबैभन्दा कठिन विपक्षी जिरोनाका पाब्लो माफेओ रहेको बताएका थिए। पाब्लो माफेओ २०१७मा म्यान सिटीबाट लोनमा जिरोनामा आएका थिए र सो सिजन उनले मेस्सीको बार्सा विरुद्ध निकै उत्कृष्ट प्रदर्शन गरे।

“म्यान मार्किङले मलाई चिन्तित गर्दैन – तपाईँलाई थाहा छ कि त्यहाँ कठिन खेलहरू हुनेछन् र यो अनौठो हुन सक्छ कि सधैँ आफ्नो वरिपरि कोही छ,” मेस्सीले सो समय एक अन्तर्वार्तामा बताए।

“वास्तवमा, मसँग यो पटक पटक भएको छैन। यसले मलाई परेशान गर्दैन, तर यो अनौठो छ।

“जिरोनाका पाब्लो माफेओ [सबैभन्दा कठिन म्यान-मार्कर थिए]। उनी धेरै तीव्र थिए!- मेस्सीले आफूले सामना गरेको सबैभन्दा कठिन विपक्षी खेलाडीको वारे बोल्दै भनेका थिए।

हाल पाब्लो स्पेनिस क्लब मल्लोर्कामा खेल्दै गरेका स्पेनिस राइट ब्याक पब्लो माफेओले अर्जेन्टिनाको राष्ट्रिय टिमबाट खेल्ने निर्णय लिएका छन् जसको कारण उनी अब मेस्सीको टिम मेट बन्न सक्ने छन्। उनले स्पेनिस सिनियर टिमको लागि नखेलेको कारण आफ्नो राष्ट्रिय टिम परिवर्तन गर्न पाएका थिए।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ