€४० मिलियनमा चेल्सीले साइन गर्यो स्टार विंगर

चेल्सी एम्स्टर्डम फुटबल क्लब एज्याक्सबाट स्टार मिडफिल्डर साइन गर्न सहमतिमा पुगेको छ।

खबर अनुसार चेल्सीले हाकिम जिएक साइन गर्न क्लब संग €४० मिलियनको सम्झौतामा पुगेको छ र उनि सिजनको अन्त्यमा चेल्सीमा सामेल हुने छन्।

चेल्सीले पहिले आफ्नो आक्रमण शक्ति बढाउन उनलाई साइन गर्ने चासो देखाएको थियो तर असफल भएको थियो तर अहिले पनि दुई बीच सम्झौता भएको छ।

२६ बर्षेका विंगर साइन गरे पछि चेल्सीले आक्रमणकारी विकल्पहरूलाई पुनः आकार दिन खोजेको देखिन्छ।

चेल्सी पेद्रोलाई बेच्ने खबर छ भने विलियन संग पनि नयाँ सम्झौता गरेको छैन।

हाकिम जिएक हाल डच लिगमा निकै उत्कृष्ट प्रदर्शन गर्दै छन् भने उनलाई अरु धेरै क्लबले पनि साइन गर्न चासो देखाएको थियो।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ